Chikitsa Vigyan Class 10 Nepali Chapter 3 Exercise 2082

AM4N G4UT4M
22 Min Read

Welcome to the complete notes of Chikitsa Vigyan Ra Ayurved Chikitsa (चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा), Class 10 Nepali Chapter 3. This page includes full Class 10 Nepali Chapter 3 Exercise solutions, grammar, and summary based on the updated Class 10 Nepali Guide 2082 curriculum.

Chikitsa Vigyan Ra Ayurved Class 10 Nepali is an essay (Nibanda) written by the authors of the Class 10 Nepali textbook published in 2080. The essay explores two major approaches to medicine — Allopathic and Ayurvedic — comparing their characteristics, limitations, and benefits in a clear and informative way.

The essay emphasizes the importance of maintaining good health and highlights how Ayurvedic medicine is gaining increasing attention worldwide for its natural and holistic approach to healing. Through चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा, students get a deeper understanding of both modern and traditional medical systems.

With the CDC updated syllabus, Chikitsa Vigyan Summary 2082 has become an essential topic for SEE examination preparation. This complete Class 10 Nepali Nibanda Exercise 2082 guide covers all exercise questions, answers, grammar, and summary to help you score well.

- Advertisement -

चिकित्सा विज्ञान आयुर्वेद चिकित्सा

शब्दभण्डार

१. दिइएका अर्थ आउने शब्द ‘चिकित्सा विज्ञान आयुर्वेद चिकित्सा’ निबन्धबाट खोजेर लेख्नुहोस् :

- Advertisement -

(क) स्नायुसम्बन्धी रोग : पक्षाघात

(ख) बात, पित्त र कफसम्बन्धी दोष : त्रिदोष

(ग) चिरफारका पद्धतिले गरिने रोगको उपचार : शल्यक्रिया

- Advertisement -

(घ) हानि वा घात पुऱ्याउने : घातक

(ङ) प्रतिरोधका लागि तयार पारिएको : प्रतिरोधात्मक

२. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :

शब्द                        अर्थ

प्रादुर्भाव – कुनै वस्तु वा विषयको उत्पत्ति वा उद्भव

अत्युक्ति – बढाइचढाइ गरिने वर्णन वा कथन

अद्यावधिक – आजसम्मको अवस्था, विगतदेखि हालसम्म

त्रिदोष – शरीरमा हुने बात, पित्त र कफको प्रकोपबाट हुने रोग

निषेध – प्रतिबन्ध वा रोक लगाउने काम

अधीरता – धैर्य नभएको अवस्था, अस्थिर

३. चिकित्सा क्षेत्रमा प्रयोग हुने दिइएका प्राविधिक पारिभाषिक शब्द पढ्नुहोस् र शब्दकोशका सहायताले सहायताले तिनको अर्थ लेख्नुहोस् :

आयुर्वेद :- पौर्वात्य दृष्टिकोणबाट पाँचौँ वेद मानिने, रोग पहिचानपछि काष्ठादि, रसादि औषधीको प्रयोग गरेर वा शल्यक्रिया आदिका उपायद्वारा पनि चिकित्सा गरिने प्राचीन चिकित्सा शास्त्र 

एलोप्याथिक :- पाश्चात्य आधुनिक चिकित्सा पद्धति, डाक्टरी उपचार चिकित्सा पद्धति 

वैकल्पिक चिकित्सा :- विकल्पमा आउने इलाज वा उपचार 

होमियोप्याथिक चिकित्सा :- होमियोप्याथीसम्बन्धी उपचार 

शल्यक्रिया :-चिरफारद्वारा शारीरिक उपचार गरी ठिक पार्ने काम, शल्यचिकित्सा 

पक्षाघात :- शरीरको दायाँ वा बायाँ अङ्ग चेतनहीन हुने एक किसिमको वातरोग, वायुविकार वा रक्तचापको कारणबाट शरीरको दायाँ वा बायाँ भाग निश्चेष्ट हुने अवस्था 

आकस्मिक उपचार :- अकस्मात् भएको कार्य, दुर्घटना वा रोगमा गरिने इलाज 

निर्मूलीकरण :- निर्मूल पार्ने काम, उन्मूलन

४. ‘चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा’ निबन्धमा प्रयोग भएका कुनै पाँचओटा पारिभाषिक प्राविधिक शब्द टिपी वाक्यमा प्रयोग गर्नुहोस् ।

उत्तर : ‘चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा’ निबन्धमा प्रयोग भएका पाँचओटा पारिभाषिक प्राविधिक शब्द र तिनको वाक्य निर्माण :-

हृदयाघात : हृदयाघातका कारण बर्सेनि हजारौं मान्छेको ज्यान जाने गर्छ ।

वैद्य : आयुर्वेद चिकित्सा विधिको ज्ञातालाई वैद्य भनिन्छ।

उपचारात्मक : रोग लागेपछि उपचारात्मक पद्धति अपनाउनु आवश्यक छ ।

मनो चिकित्सा : मानसिक रोग निदानका लागि मनो चिकित्सा आवश्यक पर्छ । 

चिकित्सा : चिकित्साबाट धेरै मानिसको रोगको उपचार भएको छ ।


बोध र अभिव्यक्ति

४. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा निबन्ध कति अनुच्छेदमा संरचित छ ?

उत्तर : चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा निबन्ध १२ अनुच्छेदमा संरचित छ । वाक्य सङ्ख्याका दृष्टिले सबैभन्दा छोटो र लामो अनुच्छेद कुन हो ?

(ख) वाक्य सङ्ख्याका दृष्टिले सबैभन्दा छोटो अन्तिम र लामो अनुच्छेद कुन हो ?

उत्तर : वाक्य सङ्ख्याका दृष्टिले सबैभन्दा छोटो अन्तिम र लामो अनुच्छेद तेस्रो हो ।

(ग) निबन्धमा आयुर्वेद चिकित्साका शाखाको चर्चा गरिएको विषयवस्तु कुन अनुच्छेदमा रहेको छ ?

उत्तर : निबन्धमा आयुर्वेद चिकित्साका शाखाको चर्चा गरिएको विषयवस्तु पाँचौं अनुच्छेदमा रहेको छ ।

(घ) निबन्धको अन्तिम अनुच्छेदको आशय के हो ?

उत्तर : निबन्धको अन्तिम अनुच्छेदको आशय निरोगी र सुखी जीवन बाँच्नु छ भने आयुर्वेद चिकित्सा पद्धतिको प्रयोग गर्नुपर्छ भन्ने हो ।

५. दिइएको निबन्धाश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।

(क) निबन्धांशमा चिकित्सा विज्ञानका कुन कुन शाखाको चर्चा गरिएको छ ?

उत्तर : निबन्धांशमा चिकित्साका निरोधात्मक, प्रवर्धनात्मक र उपचारात्मक शाखाको चर्चा गरिएको छ ।

(ख) प्रवर्धनात्मक उपचार पद्धति कस्तो हुन्छ ?

उत्तर : पोषण कार्यक्रम, स्वास्थ्य शिक्षा, वातावरणीय सरसफाई कार्यक्रम जस्ता सेवाबाट उपचार गरिने पद्धति प्रवर्धनात्मक उपचार पद्धति हो ।

(ग) उपचारात्मक स्वास्थ्य सेवामा कुन कुन पद्धति पर्छन् ?

उत्तर : उपचारात्मक स्वास्थ्य सेवामा आधुनिक चिकित्सा, आयुर्वेद चिकित्सा, होमियोप्याथी, प्राकृतिक चिकित्सा, योग चिकित्सा, मनोचिकित्सा, अकुप्रेसर, युनानी चिकित्सा पद्धति पर्छन् ।

(घ) तपाईंलाई कुन उपचार पद्धति मन पर्छ, किन ?

उत्तर : रोग नियन्त्रणका लागि रोग लाग्नुपूर्व नै स्वास्थ्य सेवा प्रदान गरिने भएकोले मलाई निरोधात्मक उपचार पद्धति मन पर्छ ।

६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा निबन्धका आधारमा वर्तमान चिकित्सा विज्ञानका बारेमा वर्णन गर्नुहोस् ।

उत्तर : एलोप्याथिक उपचार पद्धति हाल सर्वाधिक र लोकप्रिय चिकित्सा पद्धति मानिन्छ । यसलाई आधुनिक चिकित्सा विज्ञानको अर्थात् डाक्टरी उपचारका रूपमा समेत हेरिएको छ । एलोप्याथीमा रोग निको पार्नका लागि सुरुमै रोग घटाउने औषधी दिइन्छ । छिटो सन्चो हुनु, विशेषज्ञ अर्थात् डाक्टर र औषधी सजिलै उपलब्ध हुनु आदि यसका विशेषता हुन् । आपतकालीन अवस्थामा धेरै प्रभावकारी साबित हुनु, शल्यक्रिया हुनु र शल्यक्रियाबाट गम्भीर रोग निको हुनु पनि यसका विशेषता मानिन्छन् । यसका साथै प्रविधि र उपकरण समय समयमा अद्यावधिक गरिनु, सानादेखि ठुला सबै रोग निको पार्न प्रभावकारी हुनु, ठुलो रोग लाग्नुअघि नै त्यसलाई रोक्न खोपको व्यवस्था हुनु पनि एलोप्याथी पद्धतिका थप विशेषता हुन् ।

(ख) किन आयुर्वेद चिकित्साको लोकप्रियता बढ्दै गएको छ, लेख्नुहोस् ।

उत्तर : आयुर्वेद चिकित्साका धेरै सकारात्मक पक्ष भएकाले यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको छ । शरीरको शुद्धीकरण एवम् रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि यसको उपयोग गरिन्छ । यसमा बिरामीको आत्मा, मन, शारीरिक प्रकृति र दोष, मल र धातुको अवस्थालाई पनि ध्यानमा राखेर मानिसका समग्र पक्षको उपचार गरिन्छ । यसको उपचार पद्धतिमा प्रयोग हुने जडीबुटी नेपालमै पाइनु रोगको लक्षणका आधारमा उपचार गरिनु, चिरफार कम हुनु यसका विशेषता हुन् । त्यस्तै रोगको नियन्त्रण मात्र नभई निर्मूल गरिनु, उपचारका विभिन्न उपकरणको आवश्यकता नपर्नु, औषधीको नकारात्मक प्रभाव कम हुनु र कम खर्चिलो हुनु पनि यस उपचार पद्धतिका विशेषता हुन् । यसरी रोगको निदान गर्न सरल र सस्तो तरिका हुनु, नेपालमा प्रशस्त जडीबुटी पाइनु, यसमा औषधीको नकारात्मक प्रभाव नहुनु आदि कारणले आयुर्वेद चिकित्साको लोकप्रियता बढ्दै गएको छ ।

(ग) उपचारात्मक स्वास्थ्य सेवाअन्तर्गत कस्ता उपचारात्मक पद्धति पर्छन् ?

उत्तर : रोग लागेपछि निको पार्नका लागि प्रदान गरिने स्वास्थ्य सेवालाई उपचारात्मक स्वास्थ्य सेवा भनिन्छ । उपचारात्मक स्वास्थ्य सेवामा आधुनिक चिकित्सा विज्ञान, आयुर्वेद चिकित्सा पद्धति, होमियोप्याथी, प्राकृतिक चिकित्सा, योग चिकित्सा, मनोचिकित्सा, अकुप्रेसर, युनानी चिकित्सा जस्ता अनेकौं उपचार पद्धति रहेका छन् ।

(घ) आयुर्वेद चिकित्सा पद्धति र आधुनिक चिकित्सा पद्धतिका मुख्य फरक के के हुन् ?

आयुर्वेद चिकित्सा पद्धति

– शरीरको शुद्धीकरण एवम् रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि यसको उपयोग गरिन्छ ।

– यसको उपचार पद्धतिमा जडीबुटी प्रयोग हुन्छ । यसलाई प्राकृतिक उपचार पद्धति पनि भनिन्छ ।

– उपकरणको आवश्यकता नपर्नु, औषधीको नकारात्मक प्रभाव कम हुनु र कम खर्चिलो हुनु पनि यस उपचार पद्धतिका विशेषता हुन् ।

– स्वस्थ व्यक्तिले पनि प्रयोग गर्न सक्ने, पोषण र रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने यसको राम्रो पक्ष हो । उपचार अवधि कहिलेकाहीँ लामो भए पनि रोग फेरि बल्झने सम्भावना कम हुन्छ ।

आधुनिक चिकित्सा पद्धति

– यसमा रोग निको पार्नका लागि सुरुमै रोग घटाउने औषधी दिइन्छ ।

– यसको उपचार पद्धतिमा आधुनिक औषधी, खोप, स्लाइन आदिको प्रयोग हुन्छ । यसलाई डाक्टरी उपचार पनि भनिन्छ । 

– छिटो सन्चो हुनु, आधुनिक उपकरण आवश्यक पर्नु, खर्चिलो हुनु, विशेषज्ञ अर्थात् डाक्टर र औषधी सजिलै उपलब्ध हुनु आदि यसका विशेषता हुन् ।

– गम्भीर प्रकृति र आकस्मिक उपचार गर्नुपर्ने बिरामीहरुको उपचारका लागि महत्त्वपूर्ण छ ।

– उपचार अवधि केही छोटो भए पनि रोग फेरि बल्झने सम्भावना पनि हुन्छ र औषधीको नकारात्मक असर पनि देखा पर्न सक्छ ।

७. व्याख्या गर्नुहोस् :

(क) आयुर्वेदिक चिकित्सा आधुनिक चिकित्सा पद्धतिभन्दा भिन्न र संसारकै सर्वप्राचीन उपचार पद्धति हो ।

उत्तर : आयुर्वेद उपचार पद्धति शरीरको शुद्धीकरण एवम् रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि उपयोग गरिन्छ । त्यस्तै रोगको नियन्त्रण मात्र नभई निर्मूल गरिनु, उपचारका विभिन्न उपकरणको आवश्यकता नपर्नु, औषधीको नकारात्मक प्रभाव कम हुनु र कम खर्चिलो हुनु पनि यस उपचार पद्धतिका विशेषता हुन् । बिरामी र स्वस्थ दुवै व्यक्तिले पनि प्रयोग गर्न सक्ने, स्वस्थ व्यक्तिको पोषण र रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने यसको अर्को महत्त्वपूर्ण पक्ष हो । आयुर्वेद विश्वकै प्राचीन चिकित्साशास्त्र हो । यो अथर्ववेदमा यसको चर्चा छ । आयुर्वेद इशापूर्व ३ हजारदेखि ५० हजार वर्ष अगाडि भारतवर्षबाट विकास भएको मानिन्छ । ब्रह्मालाई आयुर्वेद ज्ञानका मुख्य स्रोत मानिन्छ । धनवन्तरीलाई आयुर्वेदका सुरुवातकर्ता मानिन्छ । ब्रह्माले यो ज्ञान दक्ष प्रजापतिलाई, प्रजापतिले अश्विनीकुमारहरूलाई, अश्विनीकुमारहरूले भगवान इन्द्रलाई, इन्द्रले आफूले प्राप्त गरेको आयुर्वेदको ज्ञान धनवन्तरीलाई प्रदान गरेको मानिन्छ । रामायण, महाभारतमा पनि आयुर्वेद उपचारको प्रसङ्गका साथै ऋषिहरुले यसको प्रयोगबाट उपचार गरेका प्रसङ्गहरु भेटिन्छन् । आधुनिक चिकित्सा पद्धतिको सुरुआत अठारौं शताब्दीपछि मात्र भएको मानिन्छ । त्योभन्दा पहिला आयुर्वेदिक चिकित्साकै प्रयोग हुँदै आएको थियो । यसबाट पनि स्पष्ट हुन्छ कि आयुर्वेदिक चिकित्सा आधुनिक चिकित्सा पद्धतिभन्दा भिन्न र संसारकै सर्वप्राचीन उपचार पद्धति हो ।

(ख) आयुर्वेदिक औषधीका लागि नेपाल भूस्वर्ग मानिन्छ ।

उत्तर : आयुर्वेदिक उपचार पद्धतिमा जडीबुटी प्रयोग हुन्छ । यसलाई प्राकृतिक उपचार पद्धति पनि भनिन्छ । नेपाल आफैँमा जडीबुटीको विशाल भण्डार हो । हिमाल, पहाड र तराईमा जैविक विविधताका कारण विविध गुण भएका जडीबुटी उपलब्ध छन् । प्रायः सबै जडीबुटी औषधीय गुणका छन् । परापूर्वकालमा हाम्रा पितापुर्खाले जडीबुटीबाटै उपचार गरी दीर्घजीवन हासिल गरिरहेका थिए । विकसित देशले यिनै जडीबुटीमा भएका शक्तिलाई प्रयोग गरी औषधी उत्पादन गरेका छन् । जडीबुटी आधुनिक औषधी उद्योगका बहुमूल्य कच्चा पदार्थ हुन् । यी बहुमूल्य छन् ।

नेपाल बहुमूल्य र घातक रोग निको पाने जडीबुटीको अजय भण्डार हो । रामायणमा वर्णन भएअनुसार युद्धमा लक्ष्मण पाइते हुँदा सञ्जीवनी बुटी लिन नेपालको हिमालय क्षेत्रमा पठाइएको प्रसङ्ग पनि स्मरणीय छ । यसबाट परापूर्व कालदेखि नै नेपाल आयुर्वेदिक जडीबुटीको भूस्वर्ग रहेको पुष्टि हुन्छ । विशेषगरी तुलसी, सर्पगन्धा, जटामसी, पदमचाल, पाषाणभेद, सुगन्धवाल, गुर्जो, पाँचऔंले, बोझो, भ्याकुर, सतुवा, चुत्रो, निम, पानीसाज, भोजपत्र, दालचिनी, धतुरो, तेजपात, अमला, धतुरो, पिपल, बर्रो, हर्रो, अमलाजस्ता जडीबुटीले जरादेखि पातसम्म, फूलदेखि फलसम्म तथा बोक्रादेखि बीजसम्म हामीलाई लाभ दिन्छन् । नेपालमा बहुमूल्य र दुर्लभ यार्सागुम्बा पनि पाइन्छ । नेपालका खासगरी उच्च पहाडी क्षेत्र डोल्पा, जुम्ला, मुगु, हुम्ला, मुस्ताङ, दार्चुला, बझाङ, रसुवा, रुकुमलगायतका जिल्लामा प्रशस्त जडीबुटी पाइन्छन् । यी जडीबुटीको सम्भाव्यता अध्ययन गर्ने, उन्नत बीउ विजन तयार गर्ने, यसको गहन तालिम दिने हो भने नेपालका आयुर्वेदिक महत्त्वका जडीबुटीले नेपालको समृद्धिको ढोका खोल्न सक्छन् ।


८. आधुनिक चिकित्सा पद्धतिका सकारात्मक र नकारात्मक पक्षवारे समीक्षा गर्नुहोस् ।

उत्तर : चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा’ वस्तुपरक निबन्ध हो । यसका लेखक पाठ्यपुस्तकका सम्पादकको समूह हुन्। यस निबन्धमा मानव स्वास्थ्य उपचारका विभिन्न पद्धतिको उल्लेख गर्दै आयुर्वेद चिकित्साको महत्त्व र आवश्यकतालाई समावेश गरिएको छ ।

आधुनिक चिकित्सा पद्धति हाल सर्वाधिक र लोकप्रिय चिकित्सा पद्धति मानिन्छ । यसलाई एलोप्याथी अर्थात् डाक्टरी उपचारका रूपमा समेत हेरिएको छ । यस पद्धतिमा रोग निको पार्नका लागि सुरुमै रोग घटाउने औषधी दिइन्छ । छिटो सन्चो हुनु, विशेषज्ञ अर्थात् डाक्टर र औषधी सजिलै उपलब्ध हुनु आदि यसका विशेषता हुन्। आपतकालीन अवस्थामा धेरै प्रभावकारी साबित हुनु, शल्यक्रिया हुनु र शल्यक्रियाबाट गम्भीर रोग निको हुनु पनि यसका विशेषता मानिन्छन् । यसका साथै प्रविधि र उपकरण समय समयमा अद्यावधिक गरिनु, सानादेखि ठुला सबै रोग निको पार्न प्रभावकारी हुनु, ठुलो रोग लाग्नुअघि नै त्यसलाई रोक्न खोपको व्यवस्था हुनु पनि एलोप्याथी पद्धतिका थप विशेषता हुन् । आधुनिक चिकित्साले खोपहरू र धेरै रोगहरूको उपचारमा ठूलो प्रगति गरेको छ । मानिसहरूको औसत आयु बढेको छ । उपचारका क्रममा मेसिनहरूको प्रयोग बढेको छ । आधुनिक चिकित्साले स्वास्थ्य सेवालाई सुलभ र किफायती बनाएको छ ।

यति धेरै सकारात्मक पक्ष हुँदाहुँदै पनि यसका नकारात्मक पक्षहरु पनि छन्। आधुनिक औषधी र स्वास्थ्य सेवाको लागत प्रायः अत्यधिक हुन्छ, यसले विपन्न मानिसहरूको लागि पहुँचमा पुगेको छैन औषधीले साइड इफेक्टहरू निम्त्याउन सक्छ, जसले केही अवस्थामा जीवनलाई खतरामा 1 पार्न सक्छ । आधुनिक चिकित्सा कहिलेकाहीं समस्याको मूल कारणलाई सम्बोधन गर्नुको सट्टा लक्षणहरूको उपचारमा धेरै केन्द्रित भएकोमा आलोचना गरिन्छ । एन्टिबायोटिक र अन्य औषधीहरूको अत्यधिक प्रयोगले प्रतिरोधी क्षमतालाई कम गर्दै छ। यो उपचारमा दक्ष जनशक्तिको अभाव हुनु, औषधीका नकारात्मक असर देखिन सक्नु, औषधी महँगो पर्ने हुँदा गरिबहरुको पहुँचभन्दा बाहिर हुनु र यी औषधीको दुरुपयोग हुँदा घातक हुनु जस्ता कुरा आधुनिक चिकित्सा पद्धतिका सीमा हुन्। यति हुँदाहुँदै पनि गम्भीर प्रकृक्ति र आकस्मिक उपचार गर्नुपर्ने बिरामी आधुनिक चिकित्सा पद्धतिको भर नपरी सुखे छैन ।

९. रोग नियन्त्रण गर्न र पार्श्वप्रभावबाट बचाउन आयुर्वेदिक चिकित्सा पद्धति प्रभावकारी मानिन्छ, पुष्टि गर्नुहोस् ।

उत्तर : आयुर्वेदिक चिकित्सा पद्धति मूलत: जीवनको ज्ञानसँग सम्बन्धित उपचार पद्धति हो । यसलाई पूर्वीय वैदिक एवम् प्राच्य सभ्यताको अभूतपूर्व उपहारका रूपमा लिने गरिन्छ । निरोगी र दीर्घ जीवनका लागि यो पद्धति विश्वव्यापी रूपमा लोकप्रिय बन्दै गइरहेको छ ।

जीवनको ज्ञान आयुर्वेदको सार हो । जीवनको मर्म बुझेर मानव शरीरमा रोग लाग्नै नदिन वा रोग लाग्नुपूर्व अपनाउनुपर्ने खानपान र रहनसहनगत सावधानीमा रहन मदत गर्ने विज्ञान आयुर्वेद चिकित्सा पद्धति हो । आयुर्वेद चिकित्सा पद्धतिमा उपचारका आठओटा शाखा रहेका छन् । यस पद्धतिमा बिरामीको आत्मा, मन, शारीरिक प्रकृति र दोष, मल र धातुको अवस्थालाई ध्यानमा राखेर मानिसका समग्र पक्षको उपचार गरिन्छ । आहार, विहार र आचार संहितामार्फत रोगले आक्रमण नगरोस् भनी प्रतिरोधी औषधी र आहारमा जोड दिनु यस पद्धतिको गुण हो । त्यस्तै रोगीको मन र शारीरिक प्रकृतिअनुसार यसमा उपचार गरिन्छ । रोगको प्रकृतिविरुद्ध आहारमा पथ्यापथ्यको निर्देश गरी स्वस्थ व्यक्तिलाई रोगको आक्रमणबाट जोगाउनु र रोगीको रोग चाँडै हटाउने काम यसमा हुन्छ । त्यस्तै औषधी जडीबुटीबाट निर्माण गरिने भएकाले नकारात्मक प्रभाव न्यादै न्यून हुन्छ ।

यसप्रकार रोग नियन्त्रणका साथसाथै रोगलाई पूर्ण रूपमा निर्मूल पार्ने अनि कुनै पनि किसिमको पार्श्वप्रभावबाट बचाउने प्रयास गर्नु आयुर्वेदिक चिकित्सा पद्धतिको विशिष्ट पक्ष हो ।

१०. ‘स्वस्थ खानपान’ शीर्षकमा एउटा वस्तुपरक अनुच्छेद तयार गर्नुहोस् ।

उत्तर :       स्वस्थ खानपान

स्वास्थ्य जीवनको पहिलो धन हो । स्वस्थ र दीर्घ जीवनको आधार भनेको स्वस्थ खानपान हो । नियमित र स्वास्थ्यवर्धक भोजनले रोगमुक्त रहन सकिन्छ भने अनियमित र अधिक तथा अस्वस्थ खानपानले मधुमेह, हृदयाघात, मोटोपना, उच्च रक्तचाप जस्ता रोगहरू निम्त्याउने गर्दछ । भनिन्छ, खान नपाएर भन्दा खान नजानेर मर्नेको सङ्ख्या धेरै रहेको छ। पूर्वीय दर्शनले पनि स्वस्थ जीवनका लागि स्वस्थ खानपानमा जोड दिएको छ । सर्वश्रेष्ठ आहार भनेका ऋताहार, हिताहार र मिताहार हुन् । आजभोलि बढी मात्रामा माछामासु, तारेका, मसलेदार र बजारिया खाना खाने प्रवृत्ति बढ्दो छ । स्वाद, रूप, रङ र गन्धलाई मात्र बढी महत्त्व दिएर खाना खाने गर्नाले विभिन्न रोग लाग्छन् । क्षारप्रधान खानाहरू बढी स्वस्थ मानिन्छ । यस्ता खानाहरूमा मौसमी तरकारी, फलफूल, गेडागुडीहरू, मकै, गहुँ, जौ, कोदो, फापर, उवा जस्ता खाना पर्दछन् । तसर्थ स्वस्थ खानपिन स्वस्थ जीवनको पहिलो र अनिवार्य सर्त हो ।

११. ‘चिकित्सा विज्ञान र आयुर्वेदिक चिकित्सा’ निबन्धको पहिलो अनुच्छेदबाट चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस् ।

उत्तर : मुख्य मुख्य चारओटा बुँदाहरू :

(क) मानिसका असावधानीका कारण रोगव्याधिले शरीरमा प्रवेश पाई खुसी लुटिने,

(ख) रोगव्याधि विरुद्ध प्रत्याक्रमण गरी त्यसलाई दमन र शमन गर्न चिकित्सा विज्ञानको प्रादुर्भाव हुनु,

(ग) चिकित्सा विज्ञानमा एलोप्याथिक चिकित्सा र आयुर्वेद चिकित्सा उपचार पद्धति बढी प्रयोगमा रहनु,

(घ) एलोप्याथिक पाश्चात्य विज्ञानको वरदान र आयुर्वेद पूर्वीय वैदिक सभ्यताको उपहार ।


सारांश लेखन :-

 चिकित्सा विज्ञानको पृष्ठभूमि

 मानिसका असावधानीका कारण रोगव्याधिले प्रवेश पाई खुसी लुटिन्छ । यसका विरुद्ध प्रत्याक्रमण गरी त्यसलाई दमन र शमन गर्न चिकित्सा विज्ञानको प्रादुर्भाव भएको हो । पाश्चात्य विज्ञानको वरदान एलोप्याथिक र पूर्वीय सभ्यताको उपहार आयुर्वेद बढी प्रयोगमा छन् ।

 अनुच्छेदमा भएको जम्मा शब्द सङ्ख्या : ९८

सारांशमा हुनुपर्ने शब्द सङ्ख्या : ३३

सारांशमा भएको शब्द सङ्ख्या : ३४

१२. ‘आधुनिक चिकित्सा पद्धति…. सुख छैन’ अनुच्छेद पढ्नुहोस् अनि विषयवस्तुको पहिचान, अनुमान निष्कर्षसँग सम्बन्धित एक एकओटा बोध प्रश्न निर्माण गर्नुहोस्

उत्तर :

(क) अनुच्छेदबाट विशेषण शब्द पहिचान गरी लेख्नुहोस्। 

(ख) औषधीको दुरुपयोग कसरी कम गर्न सकिएला ? 

(ग) आधुनिक चिकित्सा पद्धति किन लोकप्रिय भएको छ ?

१३. दिएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : 

(अ) कृषि उत्पादन कसरी उपभोक्तासम्म पुग्छ ?

उत्तर : कृषि उत्पादनलाई सकलकमार्फत् बजारसम्म पुर्याइन्छ । बजारमा पुगेका वस्तु उपभोक्ताले खरिद गरेर उपभोग गर्छन् र उत्पादन उपभोक्तासम्म पुग्छ ।

(आ) अनुच्छेदमा सूचना प्रवाह र नाफासम्बन्धी कस्तो व्यवस्था उल्लेख भएको छ ?

उत्तर : अनुच्छेदमा सूचना प्रवाहको व्यवस्था सरकारले मिलाइदिने र नाफाका बारेमा सङ्कलकले वस्तु सङ्कलन गरेर बजारमा पठाउँदा सानो नाफाको अंश राखिदिने व्यवस्था भएको छ ।

(इ) कृषि बजारीकरणको प्रक्रियाबारे लेख्नुहोस् ।

उत्तर : कृषि बजारीकरणमा उत्पादन भएका वस्तु सकलकमार्फत् भण्डारण गरिन्छ र बजारसम्म पुयाइन्छ ।

(ई) सरकारले कृषकलाई कुन कुरामा सहयोग गर्नुपर्छ ?

उत्तर : सरकारले कृषकलाई मल, सिंचाइ, बाटो, बजार र सञ्चारको उचित व्यवस्था मिलाउन सरकारले सहयोग गर्नुपर्छ ।

 (ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :

 (अ) अनुच्छेदबाट उप, सम्, उत् उपसर्ग लागेका एक एकओटा शब्द खोजेर लेख्नुहोस् । 

उत्तर : उपभोक्ता = उपभोक्ता, सम्गठन सङ्गठन, उत्पादन = उत्पादन ।

 (आ) अनुच्छेदबाट दुईओटा कृदन्त शब्द पहिचान गरी लेख्नुहोस् ।

उत्तर : गर्नाले, गरेर ।

 (इ) अनुच्छेदबाट शब्दको सुरु बिच र अन्तिममा ह्रस्व उकार प्रयोग भएका दुई दुईओटा शब्द टिपोट गर्नुहोस् ।

उत्तर : सुरुमा ह्रस्व उकार प्रयोग भएका शब्द : उत्पादन, पुऱ्याइन्छ । 

बिचमा ह्रस्व उकार प्रयोग भएका शब्द अनुसार, अनुदान।

अन्तिममा ह्रस्व उकार प्रयोग भएका शब्दः वस्तु हुनु ।

Conclusion:

We hope this complete exercise solution of Chikitsa Vigyan Ra Ayurved Chikitsa (चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा) has helped you understand Class 10 Nepali Chapter 3 clearly. This page was specially designed to provide the best Class 10 Nepali Chapter 3 Exercise solutions for your SEE examination preparation.

Chikitsa Vigyan Ra Ayurved Class 10 Nepali teaches us the importance of understanding both modern and traditional medicine and how maintaining good health should always be our priority. The Chikitsa Vigyan Summary 2082 covered in this guide is directly based on the latest Class 10 Nepali Nibanda Exercise 2082 curriculum.

If this guide helped you, please share it with your friends who are also preparing for Class 10 Nepali Chapter 3. Stay connected for complete exercise solutions of all chapters.

Share This Article
Leave a Comment