Class 10 Nepali Chapter 1 – Ujyalo Yatra (उज्यालो यात्रा) Exercise 2082

AM4N G4UT4M
17 Min Read

Welcome to the complete notes of Ujyalo Yatra (उज्यालो यात्रा), Class 10 Nepali Chapter 1. This page covers the full exercise, grammar, and summary based on the updated NEB 2082 curriculum.

Ujyalo Yatra is a poem written by renowned Nepali poet Ram Prasad Gyawali (Born: 2024 B.S.), who is widely known for his contribution to Nepali literature. The poem consists of twelve stanzas, each with two lines, and is categorized as a Chanda Badi Kabita.

The central theme of Ujyalo Yatra revolves around the importance of hard work, honesty, and discipline. The poem motivates students to follow the right path and work with dedication to achieve success in life.

With the recent update to the Class 10 Nepali syllabus by CDC, Ujyalo Yatra has replaced Janmabhumi as the first chapter of Grade 10 Nepali. Many students have been searching for its notes and exercise solutions, so we have prepared this complete guide to help you.

- Advertisement -

This page includes everything you need — exercise solutions, summary, grammar, and important questions for exam preparation.

उज्यालो यात्रा

पाठ – १ – अभ्यास

शब्दभण्डार

१. दिइएका अर्थ आउने शब्द ‘उज्यालो यात्रा’ कविताबाट खोजेर लेख्नुहोस् :
(क) मनमा उत्पन्न हुने भाव वा विचार – भावना
(ख) श्रीखण्ड घोटेर बनाइएको लेप – चन्दन
(ग) गौरवले भरिएको – सगौरव
(घ) आफ्नो स्वामित्व वा अधिकार छोड्ने काम – त्याग
(ङ) सबैभन्दा उच्च वा अग्लो – सर्वोच्च

२. दिइएको अनुच्छेदबाट दुई जोडी पर्यायवाची शब्द पहिचान गर्नुहोस् :

- Advertisement -

गाई मानिसले पाल्ने घरपालुवा जनावर हो। यो चौपाया वर्गभित्र पर्छ । मानवका लागि गाईको दुध निकै पोसिलो हुन्छ । शरीर स्वस्थ राख्न तागतिला कुरा खानुपर्छ । दुग्ध र दुग्धजन्य पदार्थ बिक्री गरेर मान्छेले आर्थिक उपार्जन पनि गर्छन् । गाईपालनलाई व्यवसायका रूपमा प्रयोग गरेर धेरै आम्दानी गर्न सकिन्छ ।

आम्दानी  उपार्जन
जनावर   चौपाया


३. दिइएका शब्दको पर्यायवाची शब्द लेख्नुहोस्ः

- Advertisement -

शक्ति – तागत
प्रेम – माया
धर्ती – धरणी
शिर – टाउको
कर्म – काम
सुन्दर – राम्रो
जिन्दिगी – जीवन
महान – उच्च
हावा – वायु
आकाश – नभ
नयन – आँखा

४. ‘उज्यालो यात्रा’ कविताबाट खोजेर तल दिइएका शब्दको विपरीतार्थी शब्द लेख्नुहोस्ः

निम्न – उच्च
दुःखी – सुखी
अज्ञान – ज्ञान
सम्भव – असम्भव
आफ्नो – अरु
अन्याय – न्याय

५. उदाहरणमा दिए जस्तै कुनै पाँच जोडी विपरीतार्थी शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस्

उदाहरण: धारिलो भुत्ते, धेरै-थोरै
माथि-तल
उज्यालो-अँध्यारो
शिर-पाउ
जित-हार
न्याय-अन्याय
माथि-तल

बोध अभिव्यक्ति

उदाहरणमा दिए जस्तै जोडी अनुप्रासयुक्त शब्द पाठबाट खोजेर लेख्नुहोस् :

उदाहरण: चन्दन नन्दन
→ असम्भव – सब,
→ सुखी – खुसी,
→ सौरभ – गौरव,
→ भरी – छरी,
→ मनोहर – सुन्दर,
→ खातिर – शिर,

दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

जसका भावना हाँस्छन्, मनमा रागिनी भरी
जसका जिन्दगी बाँच्छन् रातमा चाँदनी छरी ।

(अ) यस कवितांशका चार पाउ छुट्याएर लेख्नुहोस् ।

जसका भावना हाँस्छन्,
मनमा रागिनी भरी
जसका जिन्दगी बाँच्छन्
रातमा चाँदनी छरी ।

(आ) कवितांशका चारै पाउको पाँचौं ह्रस्व वर्ण रेखाङ्कन गर्नुहोस्

भावना, रागिनी, जिन्दगी, चाँदनी

(इ) कवितांशका चारै पाउको छैटौं दीर्घ वर्ण रेखाङ्कन गर्नुहोस्

भावना, रागिनी, जिन्दगी, चाँदनी

(ई) कवितांशका चारै पाउका सातौं वर्ण क्रमशः लेख्नुहोस्

हाँ, भ, बाँ, छ

८. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्

जुटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहर
उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर ।
समर्पित भएका छन् जो सदा न्यायखातिर
संसारमा उठेका छन् तिनैका विजयी शिर ।

(क) धर्तीलाई केले मनोहर बनाएको छ ?
=> ज्ञान र कर्ममा जुटेका मानिसहरुको सङ्घर्षले धर्तीलाई मनोहर बनाएको छ ।

(ख) कर्म गर्नेको जिन्दगी कस्तो बन्छ ?
=> कर्म गर्नेको जिन्दगी सुन्दर बन्छ र उनीहरुले कर्म गरेर समाज र देशलाई पनि बनाउँछन् ।

(ग) कवितांशमा कस्ता मानिसको शिर उचो हुन्छ भनिएको छ ?
=> कवितांशमा जो मानिस सधैँ न्यायखातिर समर्पित भएका हुन्छन्, उनीहरुको शिर उचो भनिएको छ ।

(घ) कवितांशबाट के सन्देश पाइन्छ ?
=> हामी ज्ञान र कर्मले हाम्रो धर्तीलाई सुन्दर बनाउनुपर्छ । सधैँ न्यायखातिर आवाज उठाउनुपर्छ । यसरी आफ्नो खुसी मात्र नहेरी समग्र देशको हितमा लाग्नुपर्ने सन्देश प्रस्तुत कवितांशबाट पाउन सकिन्छ ।

९. तलका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) ‘उज्यालो यात्रा’ कविताको सुरुका दुईओटा श्लोकको आशय वर्णन गर्नुहोस्

जसरी एक प्रकारको सुगन्धित काठ श्रीखण्डलाई सयौंपटक घोट्दा पवित्र चन्दनमा परिणत हुन्छ, त्यसरी नै हामीमा कर्मशक्ति छ भने जङ्गललाई पनि स्वर्गको बगैँचा बनाउन सक्छौं । हामीले जहिले पनि उच्च सङ्कल्प लिनुपर्छ । संसारमा असम्भव केही छैन । सबै महान् व्यक्तिहरू सङ्कल्पकै कारण महान् बनेका हुन् ।

(ख) जीवन सार्थक पार्न के के गर्नुपर्छ ?

जीवनको यात्रालाई उज्यालो बनाउन अर्थात् सार्थक पार्न उच्च सङ्कल्प लिएर हामी कर्मशील बन्नुपर्छ । हामीले ईर्ष्या, द्वेष त्यागेर प्रेमको सौरभ छर्नुपर्छ र उपकारी बन्नुपर्छ । हामी उदाहरणीय व्यक्तित्व बन्न सक्नुपर्छ । हाम्रो ज्ञानले धर्तीलाई मनोहर बनाउनुपर्छ अनि हाम्रो कर्मले सुन्दर निर्माण गर्नुपर्छ । कर्म विध्वंशका लागि होइन, निर्माणका लागि हो । त्यस्तै हामीले लोभलालच मनमस्तकबाट फ्याँकेर न्यायका खातिर सदैव समर्पित हुनुपर्छ ।

(ग) कवितामा कविले कस्तो आदर्श जीवन यात्राको कल्पना गरेका छन् ?

कवि रामप्रसाद ज्ञवालीले ‘उज्यालो यात्रा’ कवितामा नैतिक आदर्शको प्रस्तुति गरेका छन् । यस कवितामा कविले मूलतः कर्मशील बन्नुपर्ने धारणा अभिव्यक्त गर्दै उच्च सङ्कल्प लिनुपर्ने उल्लेख गरेका छन् । त्यस्तै ईर्ष्या, द्वेष त्यागेर प्रेमको सौरभ छर्दै उपकारी बन्नुपर्ने बताएका छन् । लोभलालच मनमस्तकबाट फ्याँकेर न्यायको बाटोमा लाग्नुपर्ने कुरामा कविको जोड रहेको छ । यसप्रकार कविले प्रस्तुत कवितामा महान् कर्मको आदर्श जीवन यात्राको कल्पना गर्दै चन्द्रसूर्य जस्तै उज्यालो छर्दै स्वावलम्बी बन्नुपर्ने उल्लेख गरेका छन् ।

(घ) ‘उज्यालो यात्रा’ कविताको मूलभाव के हो ?

कविताले मूलत: जीवनरूपी यात्रालाई उज्यालो पारी कसरी आदर्श र महान् व्यक्ति बन्न सकिन्छ भन्ने भाव अभिव्यक्त गरेको छ । विश्वमा आदर्श र नमुना बन्नका लागि सधैँ नै महान् कर्मको यात्रा गर्नुपर्छ भन्ने कविको धारणा कवितामा प्रस्तुत भएको छ । महान् कर्मको आदर्श यात्रामा कहिले चलूँला ? चन्द्रसूर्य जस्तै आफैँ कहिले बसुँला ? आफ्नो पौरखले आफ्नो बाटो कहिले खनूँला ? अनि सर्वोच्च कविता आफैँ कहिले बनूँला ? भन्दै हामी अघि बढ्यौं भने उज्यालो भविष्यका साथ उज्यालो यात्रा तय गर्न सकिन्छ भन्ने भाव कविले कवितामा अभिव्यक्त गरेका छन् । त्यस्तै सत्कर्म र सत्व्यवहारले जीवनको उज्यालो यात्रा तय भई महान् र आदर्श बन्न सकिने भाव वा सन्देशसमेत कवितामा प्रस्तुत भएको छ ।

१०. कविताको दोस्रो श्लोकलाई व्याकरणिक पदक्रम मिलाई गद्यमा रूपान्तर गर्नुहोस्
उत्तर : कवितको दोस्रो श्लोक :-
भएमा उच्च सङ्कल्प छैन केही असम्भव
सङ्कल्पैले बनेका हुन् महान् मान्छेहरू सब । २ ।
व्याकरणिक पदपदक्रम मिलाई गद्यमा रूपान्तरण गर्दा :-
उच्च सङ्कल्प भएमा केही असम्भव छैन । सब महान् मान्छेहरू सङ्कल्पैले बनेका हुन् ।

११. भाव विस्तार गर्नुहोस् :

(क) ईर्ष्याद्विष हटाएर जो छर्छन् प्रेम सौरभ तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव

प्रस्तुत श्लोक ‘उज्यालो यात्रा’ शीर्षकको कविताबाट साभार गरिएको हो । यस कविताका रचनाकार कवि रामप्रसाद ज्ञवाली (वि.सं. २०२४) हुन् । ज्ञवाली समसामयिक नेपाली साहित्यका चर्चित व्यक्तित्व हुन् । कविता, आख्यान, नाटक, समालोचना लगायतका विधामा कलम चलाउने साहित्यकार ज्ञवाली सरल भाषाशैलीमा प्रभावकारी ढङ्गबाट काव्य सिर्जना गर्न सक्ने क्षमता भएका कवि हुन् । घृणाले भन्दा पनि मायाप्रेमले संसार जित्न सकिने र गौरवशाली बन्न सकिने कुरा कविले माथिको श्लोकमा स्पष्ट पार्ने प्रयास गरेका छन् ।

हाम्रो अरूको उन्नतिमा डाह गर्ने प्रवृत्ति रहेको छ । सामान्य कुरामा पनि हामी इख लिने काम गछौँ । यस्तो बानीले एकआपसमा शत्रुता मात्र उत्पन्न गर्दछ । शत्रुता कसैका लागि पनि हितकर हुँदैन । तसर्थ हामीले ईर्ष्याद्विष त्याग्नुपर्छ ।

सबैतिर सबैका लागि हामीले प्रेमको सुवास छर्नुपर्छ । प्रेमका माध्यमले नै संसार जित्न सकिन्छ । सबैको प्रिय बन्न सकिन्छ । मनबाट ईष्यद्विष हटाएर जसले प्रेमको सुवास छर्छन् त्यस्तो व्यक्ति वा मान्छे नै विश्वका निम्ति गौरव बन्छन् भन्ने भाव माथिको श्लोकमा अभिव्यक्त भएको छ ।

यसप्रकार अनुष्टुप छन्दमा संरचित माथिको श्लोकले मनमा रहेको डाह र इख हटाएर प्रेमको सुवास छर्ने व्यक्ति नै विश्वका लागि गौरव र प्रेरणाको स्रोत बन्न सक्ने भएकाले हामीले आजैबाट ईष्यद्विष त्यागेर सबैमा प्रेमपूर्ण व्यवहार गर्नुपर्छ भन्ने भाव सरल, सरस र प्रभावकारी भाषाशैलीका माध्यमबाट स्पष्ट पारेको छ ।

(ख) उदात्त कर्मको यात्रा गर्दछन् जो सधैँ सधैँ आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै

प्रस्तुत श्लोक ‘उज्यालो यात्रा’ शीर्षकको कविताबाट साभार गरिएको हो । यस कविताका रचनाकार कवि रामप्रसाद ज्ञवाली (वि.सं. २०२४) हुन् । ज्ञवाली समसामयिक नेपाली साहित्यका चर्चित व्यक्तित्व हुन् । कविता, आख्यान, नाटक, समालोचना लगायतका विधामा कलम चलाउने साहित्यकार ज्ञवाली सरल भाषाशैलीमा प्रभावकारी ढङ्गबाट काव्य सिर्जना गर्न सक्ने क्षमता भएका कवि हुन् । कर्मशील व्यक्ति नै आदर्श र नमुना बन्दछ भन्ने भाव माथिको श्लोकमा अभिव्यक्त भएको छ ।

कर्मले जिन्दगीलाई हँसिलो र सुखी बनाउन सकिन्छ । हाम्रो कर्मले सुन्दर विश्वको सिर्जना र निर्माण गर्नुपर्छ । कर्म नै धर्म भन्ने कुरालाई हामी सबैले मनन गर्दै कर्मशील जीवन बनाउनु आवश्यक छ । महान् र श्रेष्ठ कर्मको यात्रामा सधैं लागिरहने व्यक्ति विश्वका निम्ति आदर्श बन्छ । त्यस्तो व्यक्ति नै समाज, राष्ट्रमा मात्र नभएर विश्वका लागि नमुना र अनुकरणीय मान्छे बन्दछ । तसर्थ हामीले विश्वमा आदर्श र नमुना नका लागि सधैँ महान् कर्म गर्नुपर्छ भन्ने भाव माथिको श्लोकमा अभिव्यक्त भएको छ ।

यसप्रकार अनुष्टुप छन्दमा संरचित माथिको श्लोकमा हामीले सधैँ महान् र श्रेष्ठ कर्मको बाटोमा हिड्यौं भने विश्वका लागि आदर्श र नमुना मान्छे बन्न सक्छौं भन्ने भाव सरल, सरस र प्रभावकारी भाषाशैलीका माध्यमबाट अभिव्यक्त भएको छ । यसका साथै हामी कर्मशील बन्नुपर्छ अनि मात्र सबैका लागि अनुकरणीय बन्न सक्छौं भन्ने सन्देशसमेत
दिएको छ ।

१२. कर्मशील बन्न कसरी सकिन्छ, ‘उज्यालो यात्रा’ कविताका आधारमा लेख्नुहोस् । 

उत्तर : रामप्रसाद ज्ञवाली (वि.सं. २०२४) द्वारा रचित ‘उज्यालो यात्रा’ शीर्षकको कविता नैतिक विषयवस्तुमा आधारित सन्देशमूलक कविता हो । अनुष्टुप छन्दमा संरचित प्रस्तुत कवितामा बाह्र रहेका छन् । सरल र सरस भाषाशैलीको प्रयोग गरिएको यस कवितामा विभिन्न बिम्ब र दृष्टान्तको यथोचित प्रयोग गरिएको छ । समग्रमा कविता सरल, बोधगम्य र प्रभावकारी बनेको छ । कविताले मूलतः कर्मशील बनेर जीवनरूपी यात्रालाई उज्यालो पारी आदर्श र महान् व्यक्ति बन्न सकिन्छ भन्ने भाव अभिव्यक्त गरेको छ ।

‘उज्यालो यात्रा’ कवितामा कर्मशील बन्न सबैलाई प्रेरित गरिएको छ । कर्मशील व्यक्ति नै महान् र अनुकरणीय बन्ने भावसमेत कवितामा अभिव्यक्त गरिएको छ । जसरी एक प्रकारको सुगन्धित काठ श्रीखण्डलाई सयौंपटक घोट्दा पवित्र चन्दनमा परिणत हुन्छ, त्यसरी नै हामीमा कर्मशक्ति छ भने जङ्गललाई पनि स्वर्गको बगैँचा बनाउन सक्छौँ भन्दै कवितामा निरन्तरको मिहिनेत र परिश्रमले नै महान् उपलब्धि हासिल गर्न सकिने कुरा बताइएको छ । त्यस्तै हामीले जहिले पनि उच्च सङ्कल्प लिनुपर्छ । संसारमा असम्भव केही छैन । सबै महान् व्यक्तिहरू सङ्कल्पकै कारण महान् बनेका हुन् भन्दै हामीलाई कर्मशील बन्न सकिने तरिका बताइएको छ । कर्मले जिन्दगी हँसिलो र सुखी बनाउन सकिन्छ । अरूसँग लिनेभन्दा पनि अरूलाई दिने अर्थात् उपकारीहरू खुसी रहन सक्छन् । मनबाट ईर्ष्या र द्वेष हटाएर प्रेमको मिठो बास्ना छर्ने मानिसहरू नै विश्वका निम्ति गौरव बन्छन् । प्रेमको सुवास छर्नेहरू नै कर्मशील पनि बन्न सक्छन् । हाम्रो कर्मले उच्च जीवनका पथ लिन सक्यो भने त्यसै पथमा अरू मानिसहरू पनि गौरवसाथ हिँड्दछन् । हामीले प्राप्त गरेको ज्ञानले धर्ती मनोहर पार्न सक्नुपर्छ । हाम्रो कर्मले सुन्दर निर्माण गर्न सक्नुपर्दछ । अन्यायका विरुद्ध खडा भई न्यायका खातिर सधैँ लड्नेहरू नै संसारमा विजयी बनेका छन् । मन र मस्तकमा लोभलालच नहुने व्यक्तिले नै सधैँ त्यागका निम्ति अग्रसर हुनसक्छ भन्दै कर्मशील बन्न अवलम्बन गर्नुपर्ने तरिका स्पष्ट पारिएको छ ।

यसप्रकार सरल, सरल र प्रभावकारी भाषाशैलीका माध्यमबाट कवि ज्ञवालीले प्रस्तुत कवितमा विश्वमा आदर्श र नमुना बन्नका लागि सधैँ नै महान् कर्म गर्नुपर्छ भन्ने स्पष्ट पारेका छन् । यसका साथै कविले चन्द्रसूर्य जस्तै उज्यालो छरेर आदर्श यात्रामा अघि बढी आफ्नो पौरखले आफू हिँड्ने बाटो आफ्नैले खनेर हामी कर्मशील बन्न सक्ने कुरासमेत स्पष्ट पारेका छन् ।

१३. कविले कविताको अन्तिम श्लोकमा आफू कस्तो बन्ने अनुमान गरेका छन्, लेख्नुहोस्

उत्तर : कविले कविताको अन्तिम श्लोकमा आफू जीवनको उज्यालो यात्रामा हिड्ने अनुमान गरेका छन् । यसका लागि उनी कर्मशील बन्ने अनुमान गरेका छन् । अरूको भरमा नपरेर आफू हिँड्ने बाटो आफ्नै मिहिनेतले बनाउने कविको अनुमान रहेको छ । यो कर्मशील प्रवृत्तिले कवि स्वयम् सर्वोच्च कविता बन्ने र अरूलाई कवि बनाउने कुरा कविले कविताको अन्तिम श्लोकमा अनुमान गरेका छन् ।

१४. दिइएको विषयमा साथीबिच छलफल गरी निष्कर्ष प्रस्तुत गर्नुहोस् :
(क) परिश्रमको फल मिठो हुन्छ ।
(ख) मानवीय सेवाको भावना राख्नु पवित्र कर्म हो ।

१५. दिइएका अनुच्छेद पढ्नुहोस् सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्

(क) प्रश्नहरू

(अ) गुरुकुल भनेको के हो ?
उत्तर : गुरुकुल भनेको गुरुको सान्निध्यमा विद्यार्थीले आवासीय रूपमा शिक्षा ग्रहण गर्ने स्थान हो ।

(आ) गुरुकुलमा कस्तो शिक्षालाई प्राथमिकता दिइन्थ्यो ?
उत्तर : गुरुकुलमा सैद्धान्तिकभन्दा व्यावहारिक शिक्षालाई प्राथमिकता दिइन्थ्यो ।

(इ) गुरुकुलमा किन जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो ?
उत्तर : गुरुकुलमा निश्चित समय तालिका नहुने तथा गुरु र शिष्य प्रायः सँगसँगै हुने हुनाले जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो ।

(ई) गुरुकुलमा शिष्य कसरी दीक्षित हुन्थे ?
उत्तर : गुरुकुलमा नीति, व्यवहार र उसको व्यावसायिक कौशलको केही कठिन परीक्षा लिइन्थ्यो । त्यो परीक्षा पूरा गर्न सकेमा गुरुकुलमा शिष्य दीक्षित हुन्थे ।

(ख) भाषिक संरचना वर्णविन्यास पहिचान गर्नुहोस् :

(अ) पहिलो अनुच्छेदको पहिलो वाक्यबाट एक एक ओटा नाम, विशेषण क्रियापद लेख्नुहोस्

उत्तर : नाम : – शिक्षा,
विशेषण आवासीय,
क्रियापद : हो

(आ) ‘पढ़’ धातुबाट एक एक ओटा नाम क्रियायोगी शब्द निर्माण गर्नुहोस्
उत्तर : ‘पद्’ धातुबाट बन्ने एक ओटा नाम ‘पढाइ र क्रियायोगी ‘पढ्नाले’ हो ।


(
इ) अनुच्छेदबाट सुरु, बिच अन्तिममा ह्रस्व इकार प्रयोग भएका दुई दुईओटा शब्द टिपोट गर्नुहोस् । 

सुरुमा ह्रस्व इकार प्रयोग भएका शब्द :- विद्यालय, शिष्य
बिचमा स्व इकार प्रयोग भएका शब्द :- सान्निध्य तालिका 
अन्तिममा ह्रस्व इकार प्रयोग भएका शब्द :- गुरु, उच्चकोटि

We hope this complete exercise solution of Ujyalo Yatra (उज्यालो यात्रा) has helped you understand Class 10 Nepali Chapter 1 clearly. This page was designed to provide you the best Nepali Exercise Solution for your exam preparation.

Ujyalo Yatra Exercise covers all the important questions, grammar, and summary that are frequently asked in NEB exams. If you are a Class 10 Nepali student, make sure to go through every section carefully for better results.

If this guide helped you, please share it with your friends who are also looking for Class 10 Nepali Chapter 1 notes. Stay connected for more complete exercise solutions of all chapters.

Share This Article
Leave a Comment